उनले केहीको चाहनाका आधारमा व्यवस्था नै परिवर्तन हुने स्थिति नभएको र जनतामा देखिएको निराशा अन्त्यका लागि राजनीतिक दलहरू र नागरिकहरू एकताबद्ध हुनुपर्ने बताए ।
सभामुख घिमिरेले भर्खरै सुरु भएको संसदको हिउँदे अधिवेशनलाई विगतको अनुभवका आधारमा गतिशील बनाएर लैजानुपर्ने धारणा राखे । उनले चालु अधिवेशनमा सरकारले करिब ६१ वटा विधेयकहरू ल्याउने तयारी गरेकाले यसपटक धेरै कानुन निर्माण हुन सक्ने जिकिर गरे ।






