आज सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ ।

विगत केही समय देखि लगातार घटिरहेको नेप्से पछिल्लो समयमा निरन्तर बढ्न थालेपछि परिसूचक आज २६२६.३१ बिन्दुमा उक्लिएर रोकिन पुगेको छ।

मंगलबार पसिूचकसँगै कारोबार रकम पनि थोरै बढेको तथ्यांकले देखाएको छ । जसअनुसार कुल ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ ।