Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

नेप्सेमा आज ५५ अंकको गिरावट आएको छ । सोमबार नेप्सेमा ५५.८६ अंकको गिरावट आउँदा ओरालो २६४६. ०३ विन्दुमा रोकिएको छ ।

आज ३२७ कम्पनीको कारोबार हुँदा दुई करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज हाथवे इन्भेस्टमेन्टको शेयर मूल्यमा सबैभन्दा बढी ८.९८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, आज उन्नति लघुवित्तले सबैभन्दा बढी ७.७८ प्रतिशतले गुमाएको छ ।