साताको दोस्रो कारोबार दिन नेप्से उच्च अंकले बढेको छ । पछिल्ला दिनहरूमा निरन्तरजसो ओरालो लागेको नेप्से आज उच्च अंकले बढेर बन्द भएको हो ।
नेप्से परिसूचक आज १२७.३२ अंक बढेर २८२३.२५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स २२.९४ अंक बढेको छ भने फ्लोट इन्डेक्स ९.०२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ८.१८ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन साढे १० अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३३५ स्टकको १ लाख ६० हजार ५७९ पटकको कारोबारमा १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको ३ करोड १४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ






