नेप्सेमा आज गिरावट आएको छ । बिहीबार नेप्से ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा पुगेको छ ।

बिहीबार ३२२ कम्पनीको कूल २ करोड ८३ लाख ६  हजार ३४२ कित्ता शेयर १ लाख ४५ हजार ९२१ पटक कारोबार हुँदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार ४८१  मूल्यमा खरिद बिक्री भएका छन् ।

आज कारोबार अवधिभर म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लाग्दा १ सय ८८ कम्पनीको सेयरमूल्य घटेको छ । यसमध्ये बाँकी रहेका ५३ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।