सोमबार सेयर बजारमा एकैदिन २७ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको छ।यो ऐतिहासिक उच्च कारोबार हो। हालसम्म बजारमा यो दरमा कारोबार भएको छैन।
नेप्से परिसूचक ७०.६७ अंकले बढेर २९३१.५२ विन्दुमा आएको छ। यसअघि नेप्से २०७८ माघ ४ गते २९३६ विन्दुमा थियो।
नेप्से अबको केही दिन २९६० देखि २९८० को आसपासमा रहन सक्छ। किनभने नेप्सेले यो विन्दुमा प्रतिरोध पाउने सम्भावना छ।
यसअघि नेप्से हालसम्मकै उचाइ ३१९८ मा पुगेको समयमा त्यहाबाट घटेर पुनः बढ्ने क्रममा २९६० देखि २९८० को आसपासमा प्रतिरोध पाएको थियो।
यो प्रतिरोध पार गरेमा भने नेप्सेको लक्ष्य नै ३१९८ हुनेछ।
यसदिन ३३९ वटा धितोपत्रको छ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएको हो।
सोमबार १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ। यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ।






