काठमाडौं । सेयर बजार ८.२४ अंकले घटेको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अंकले घटेर २०५१.९२ को बिन्दुमा सिमित भएको हो।
अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से ११.६० अंकले घटेर २०६०.१६ को बिन्दुमा बन्द भएको थियो। अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ।
बिहीबार नेप्सेमा कुल ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। अघिल्लो कारोबार दिन बुधबार भने कुल ४ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।






