नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३ दशमलव २१ अङ्कले बढेर २०६६ दशमलव १६ को विन्दुमा कायम भएको छ । साेमबार ३ सय २२ कम्पनीको १ करोड ७ लाख ७ हजार ८ सय ७८ कित्ता शेयर ६६ हजार ५ सय १९ पटक खरिदबिक्री हुँदा ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार १ सय १६ रुपैयाँबराबरको कारोबार भएको हो ।
सोमबारको कारोबारमा विकास बैंक १ दशमलव ५६, वित्त २ दशमलव ११, जलविद्युत् शून्य दशमलव १९, लघुवित्त १ दशमलव ३६ र म्युचुअल फन्ड शून्य दशमलव ५१ प्रतिशतले बढेको छ भने अरु सबै समूहका उपसूचक घटेका छन् ।
बैंकिङ शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव २१, लगानी शून्य दशमलव २५, जीवनबीमा शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन शून्य दशमलव २२, निर्जीवन शून्य दशमलव ०९ र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले घटेको छ ।
नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य ७ दशमलव १ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २४ करोड ३२ लाख १८ हजार ४ सय ९५ रुपैयाँबराबरको ३ लाख ६४ हजार ६ सय ९५ कित्ता शेयर किनबेच भएको छ ।






