sf7df8f}F, @% k’;M k|ltlglw;ef a}7sdf–:jtGq ;f+;b ;fx k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7sdf dGtJo JoQm ug'{x’Fb} :jtGq ;f+;b k|e’ ;fx . tl:a/ M /Tg >]i7÷/f;;

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कबाड व्यवसायीमाथि भएको प्रहरी दमनबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जवाफ दिनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष साहले प्रहरीको लाठी चार्जबाट मंगलबार ५० जना कबाडी व्यवसायी घाइते भएको बताए ।

‘शान्तिपूर्ण जुलुसमा किन लाठी प्रहार भयो,  गृहमन्त्रीबाट जवाफ चाहन्छौँ,’ उनले भने, ‘लोकतन्त्रमाथिको मजाक देखियो । सोझा नागरिकमाथि लाठी प्रहार गरेर के सन्देश दिन खोजेको हो ?’