मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

सोमबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य भने बढेको छ।

सोमबार प्रतितोला १८ सय रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।