साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यस दिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
चाँदी शुक्रबार प्रतितोला १८ सय रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






