नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन प्रतितोला छ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।