स्थानीय बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च कायम गएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यही जेठ १८ गते छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यो रेकर्डलाई आज ‘ब्रेक’ गरेको हो ।
मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । एकैदिन २५ रुपैयाँले बढेर चाँदी मंगलबार कारोबार भइरहेको छ ।






