साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

यसदिन नेप्से १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा बन्द भएको छ।

मंगलबार आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा सेयर बजारलाई छुने विशेष किसिमका कुनै पनि कार्यक्रम नआएपछि लगानीकर्ता निरास बनेका छन्।

सोही कारण बुधबार पनि नेप्से २३.८१ अंकले घटेको थियो।

यस दिन कारोबार रकम पनि घटेको छ।

बिहीबार चार अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३६ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३११ वटा धितोपत्रको ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर किनबेच भएको हो।