नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्र मानव अधिकार परिषद्मा निर्वाचित भएको छ। न्यूयोर्कमा अक्टोबर १३ मा भएको महासभा निर्वाचनमा नेपालले १८० मध्ये १७३ मत प्राप्त गरेको हो।
आफ्नो क्षेत्रीय समूहमा निर्वाचित देशहरूमध्ये नेपालले सबैभन्दा बढी मत पाएको छ। यो नेपालको तेस्रो कार्यकाल हो। यसअघि सन् २०१८ देखि २०२३ सम्म लगातार दुई कार्यकाल सेवा गरेको थियो।
नेपालको स्थायी नियोगले सदस्य राष्ट्रहरूप्रति विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ।






