विशेष अदालतले नेपाल प्रहरीका प्राविधिक एसएसपी लालबाबु गिरीलाई नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई दोषी ठहर्‍याउँदै ५ हजार रुपैयाँ जरिवाना तोकेको छ।

गिरीले बिहारबाट लिएको प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र पेस गरेका थिए। पटनास्थित बिहार स्कूल एक्जामिनेसन बोर्डले रोल नम्बर ७१८ आफ्नो अभिलेखमा नभएको जानकारी दिएपछि अदालतले नक्कली प्रमाणपत्र प्रयोग गरेको ठहर गरेको हो।

उनी २०५२ सालमा सोही प्रमाणपत्र प्रयोग गरी प्रहरी निरीक्षकका रूपमा भर्ना भएका थिए र हाल प्रहरी अस्पतालमा प्राविधिक एसएसपीका रूपमा कार्यरत थिए।