काठमाडौं जिल्ला अदालतले धितोपत्र तथा बीमा सम्बन्धी मुद्दामा ब्रोकर दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बुधबार न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले एक सातादेखि चलेको निरन्तर सुनुवाइपछि यो निर्णय गरेको हो।

बीमा सम्बन्धी मुद्दामा सुलभ अग्रवाललाई २ करोड रुपैयाँ, धितोपत्र सम्बन्धी मुद्दामा सुलभलाई १ करोड ५० लाख र दीपक भट्टलाई १ करोड रुपैयाँ धरौटी तोकिएको छ। यसैगरी, हिमालयन रि–इन्स्योरेन्सको संस्थापक शेयर बिक्री सम्बन्धी अलग मुद्दामा सुलभ अग्रवाललाई २ करोड ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

धरौटी रकम जम्मा गरेपछि उनीहरूलाई रिहा गरिने भएको छ।