सरकारले गण्डकी प्रदेशमा साइक्लिङ पर्यटनलाई प्रवर्द्धन गर्न पाइलट परियोजना सुरु गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमा यसका लागि दुई प्रमुख साइक्लिङ रुट विकास गरिने भएको हो।

यी हुन् रुटहरू :

  • कास्की लिपेनी–थुम्सिकोट–भाचोक–लामतारी–करापु (ऐतिहासिक प्रिन्स चार्ल्स रुट हुँदै)
  • व्यास–छब्दी बाराही–बन्दिपुर–छिम्केश्वरी–लाब्दी–देवघाट

यो परियोजनाले साहसिक पर्यटनलाई बढावा दिने, स्वदेशी तथा विदेशी साइकलिस्टहरूलाई आकर्षित गर्ने र रुट आसपासका समुदायमा आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।

ट्रेकिङ र हिमाल आरोहणबाहेकका पर्यटन विकल्प विकास गर्दै गण्डकी प्रदेशको प्राकृतिक सौन्दर्य, संस्कृति र भूदृश्यलाई प्रवर्द्धन गर्न यो पहल महत्वपूर्ण मानिएको छ।