काठमाडौं, २४ चैत । नेपाली युवाहरूले विकास गरेको नयाँ राइड शेयरिङ एप ‘लाबासम’ औपचारिक रूपमा काठमाडौंमा सञ्चालनमा आएको छ ।

सुरक्षा, पारदर्शिता र नवीनतालाई प्राथमिकता दिइएको यो एपमा महिलाहरूका लागि विशेष ‘पिंक मोड’ रहेको छ, जसमा यात्रुले महिला ड्राइभर छनोट गर्न सक्नेछन् । यसबाहेक दुर्घटनाको बीमा सुविधा यात्रु र ड्राइभर दुवैलाई उपलब्ध छ ।

हाल २५० भन्दा बढी ड्राइभर यसमा आवद्ध छन् । एपले छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवनमा विस्तार गर्ने योजना बनाएको छ भने भविष्यमा फुड डेलिभरी सेवा पनि थप्ने तयारी गरेको छ ।

लाबासमले नेपाली युवाहरूको सिर्जनशीलता र प्रविधिमा आधारित उद्यमशीलतालाई नयाँ उचाइ दिएको छ ।