चीनका लागि नवनियुक्त २३औँ राजदूत झाङ माओमिङले आफ्नो राजदूतिय जिम्मेवारी सम्हाल्न काठमाडौं आइपुगेका छन् । चीनको परराष्ट्र मन्त्रालयमा एसियाली मामिला विभागका उपमहानिर्देशक रहिसकेको झाङलाई चीन सरकारले नेपालतर्फ राजदूतको रूपमा नियुक्त गरेको हो ।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालपरराष्ट्र मन्त्रालय र चीनिय दूतावासका उच्च अधिकारीहरूले उनलाई स्वागत गरेका थिए । झाङले सामाजिक सञ्जालमार्फत स्वागतप्रति कृतज्ञता प्रकट गर्दै नेपाल–चीनबीचको मित्रता र कूटनीतिक सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले नेपालका सौन्दर्य र जीवन्तताप्रति उत्साह व्यक्त गर्दै दुवै देशबीच व्यावहारिक सहकार्य, द्विपक्षीय विनिमय र रणनीतिक साझेदारीलाई अघि बढाउने योजना रहेको बताएका छन् । औपचारिक कर्तव्य अगाडि बढाउन उनी राष्ट्रपति समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् ।
राजदूत झाङ नेपालको राजनीतिक तथा कूटनीतिक क्षेत्रसँग परिचित व्यक्ति मानिन्छन् र यसअघि पनि उनी नेपाली उच्च अधिकारीहरूसँग विभिन्न बैठकमा संलग्न रहिसकेका छन् ।






