लन्डनस्थित नेपाली दूतावासले विश्व कराते महासंघ (डब्ल्यूकेएफ) द्वारा आयोजित कराते वान प्रिमियर लिगमा ६८ केजी वर्गमा ऐतिहासिक रजत पदक जितेकी नेपाली कराते खेलाडी एरिका गुरुङलाई सम्मान गरेको छ ।
कार्यवाहक राजदूत विपिन दुवाडीले गुरुङलाई बधाई दिँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान उजागर गरेकोमा प्रशंसा गरेका छन् । तुर्कीको इस्तानबुलबाट सिधै लन्डन पुगेकी गुरुङले दूतावासको सम्मानप्रति धन्यवाद ज्ञापन गर्दै नेपालको प्रतिनिधित्व गर्दै विश्व नम्बर एक बन्ने लक्ष्य रहेको बताइन् ।
विश्व रैंकिङमा हाल १३औं स्थानमा रहेकी गुरुङले जनवरी ३० देखि फेब्रुअरी १ सम्म बेलायतमा हुने अन्तर्राष्ट्रिय एलीट प्रशिक्षण शिविरमा भाग लिने छन् जसमा तमु धिन यूकेको सहयोग रहनेछ ।
यो उपलब्धिले नेपाली खेलकुदको अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ हासिल गरेको छ ।






