पाल महिला क्रिकेट टिमले आईसीसी महिला टी२० विश्वकप ग्लोबल क्वालिफायरमा टेस्ट खेल्ने राष्ट्र जिम्बाब्वेविरुद्ध पहिलो पटक जित हासिल गरेको छ। नेपालले ६ विकेटको सानदार जित निकालेको हो।
यो जित नेपाली क्रिकेट इतिहासमा महत्वपूर्ण उपलब्धि हो। टिमको यो सफलताले खेलाडीहरू र प्रशंसकहरूमा खुसीको लहर छाएको छ। सामाजिक सञ्जालमा पनि बधाई र उत्साहका प्रतिक्रिया आइरहेका छन्।
नेपालले अब क्वालिफायरमा थप राम्रो प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाउने लक्ष्य राखेको छ।






