नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टीको सभापति निर्वाचित भएका छन्। महाधिवेशनको ऐतिहासिक क्षणमा बोल्दै उनले पार्टीका सबै सदस्यप्रति आभार व्यक्त गरे।
“आज हामी विशेष महाधिवेशनको ऐतिहासिक क्षणमा छौं। म तपाईंहरू सबैप्रति आभारी छु। नेपाली कांग्रेस जस्तो पार्टीको सभापतिको नाम लिँदाखेरि मात्रै पनि गर्वले छाती फराकिलो हुन्छ,” उनले भने।
उनले यो जिम्मेवारी सानो नभएको बताउँदै इमानदारितापूर्वक सपथ खाएर भने, “जुन विश्वासका साथ यो जिम्मेवारी सुम्पनुभएको छ, तपाईंहरू कसैको पनि शिर निहुराउने अवस्था आउन दिनेछैन।”
यो निर्वाचनले पार्टीमा नयाँ नेतृत्वको सुरुवात भएको रूपमा हेरिएको छ। कांग्रेसका कार्यकर्ता तथा समर्थकहरूले नयाँ ऊर्जा र परिवर्तनको अपेक्षा गरेका छन्।






