श्रीलंकामा सम्पन्न २०२५ वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनसिपमा टिम नेपालले कीर्तिमानी सफलता हात पारेको छ।
नेपालले २६ स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ४१ पदक जित्दै ‘बेस्ट कन्ट्री टिम’ को उपाधिसहित समग्र विजेता बनेको छ।
महिला तथा पुरुष दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीहरूले विश्वस्तरमा नेपालको झण्डा फहराएका छन्।
यो नेपालको पावरलिफ्टिङ इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हो।
जय नेपाल!






