मिति २०८२ मंसिर १३ गते शनिबार बूढानीलकण्ठस्थित डेकाइडो एण्ड होकाइडो रिसोर्टमा पूर्व घरेलु सिल्पकला समूहको रमाइलो पिकनिक कार्यक्रमको आयोजना गरियो।

सो कार्यक्रममा छोटो समय हुँदा पनि १८ जना साथीहरूको उपस्थिति थियो। सो कार्यक्रममा आपसी परिचय, छोटो औपचारिक कार्यक्रम, बिंगो खेल्दै रमाइलो तथा नाचगानसमेत गरिएको थियो।

औपचारिक कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सन्तोषी पाण्डेले गर्नुभएको थियो भने सभापतित्व अध्यक्ष उद्धव ढुंगानाले गर्नुभएको थियो, विशेष अतिथि रामबहादुर खड्का हुनुहुन्थ्यो।

सो कार्यक्रममा मन्तव्य व्यक्त गर्नेहरूमा आयोजक उपाध्यक्ष देवबहादुर अधिकारी, आयोजक सदस्य ऋषि लामिछाने, अन्य सदस्यहरू भुवनेश्वर यादव, गोकर्ण थापा, राजेन्द्र नेउपाने, गोविन्द काफ्ले, श्याम बस्नेत आदिले गर्नुभएको थियो।
उक्त कार्यक्रमको रिपोर्टिङ तथा प्रसारण devsanchar.com मिडिया च्यानल तथा देव अधिकारी (देव सर) ले गर्नुभएको थियो। साथै उक्त रेस्टुरेन्टका म्यानेजर रवि जीको अन्तर्वार्ता पनि प्रसारण गरिएको थियो।

उक्त देवसञ्चार मिडिया च्यानलले प्रसारण गरेका समाचारबाहेकका अन्य फोटो तथा भिडियोहरू चाँडै नै देव अधिकारी (देव सर) युट्युब च्यानलमा हेर्न पाइन्छ। लाइक, सब्स्क्राइब, कमेन्ट र शेयर गर्न नभुल्नुहोला।






