आज मिति २०८२ साल भदौ ३१ गते, मंगलबारको दिन काठमाडौँको विजेश्वरी सभाहल उत्सवमय बनेको थियो। जि.एम. सामुदायिक कलेजको १५औं वार्षिक साधारणसभा काठमाडौं महानगरपालिका (कामपा) को सहकार्यमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको औपचारिक सुरुवात सामुदायिक स्वास्थ्य सेवा परिषदका अध्यक्ष तथा प्रमुख अतिथि श्री हरि गोपाल श्रेष्ठज्यूले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

कार्यक्रममा विशेष अतिथि कामपा–१५ का वडा अध्यक्ष श्री ईश्वरमान डंगोलज्यू, वडासदस्यज्यूहरू, गीतामाता स्कुलका प्रधानाध्यापक श्री हरि कृष्ण श्रेष्ठ, कलेजका प्रमुख श्री मनोज कुमार श्रेष्ठ, सभा अध्यक्ष श्री देव अधिकारी लगायत विभिन्न पदाधिकारीहरूको गरिमामय उपस्थिति रहेको थियो।

विधार्थी, शिक्षक तथा शिक्षिकाहरूको सहभागीताले समारोहलाई थप जीवन्त बनाएको थियो। कलेजले स्थानीय समुदायसँगको सहकार्यलाई आधार मानेर शिक्षाको गुणस्तर बढाउने लक्ष्य लिएको देखियो।

यस अवसरमा प्रमुख अतिथि श्रेष्ठले समुदायमै आधारित शिक्षाले दीर्घकालीन प्रभाव पार्ने कुरामा जोड दिनुभयो।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।