नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सांगठनिक सुदृढीकरणका लागि नेताहरूलाई गाउँबस्तीमै पुगेर कमिटी निर्माण र प्रशिक्षणमा जुट्न निर्देशन दिएका छन्।
सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले आत्मसमीक्षा, आलोचना–आत्मालोचनाको संस्कृतिलाई संस्थागत गर्दै पार्टीको आधार बलियो बनाउनुपर्ने बताए। नागरिकस्तरमा माओवादीप्रति फेरि विश्वास बढिरहेको उल्लेख गर्दै उनले त्यसलाई सांगठनिक रुपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।
प्रचण्डले विगतका कमजोरीको समीक्षा गर्दै पार्टीभित्र आलोचना र संवादको वातावरण निर्माण आवश्यक रहेको धारणा राखे।






