काठमाण्डौ – संगीतमय यात्रामा सिङ्गो देशको मन जित्दै, सिन्धुपाल्चोककी गङ्गा सोनामले नेपाल आइडल सिजन ६ को उपाधि हात पारेकी छन्। भदौ १५ गते राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै यो प्रतिष्ठित उपाधि जितिन्।
उपाधिसँगै उनले पाएकी छन् ट्रफी, २५ लाख रुपैयाँ नगद, साथै आकर्षक उपहारहरू। दोस्रो स्थानमा रहेकी बबिता थापा मगरले १० लाख रुपैयाँ र तेस्रो भएकी दर्शना गान्धारीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन्। अभिनय खाति र मृनल मानन्धरले क्रमशः चौथो र पाँचौं स्थानमा पुग्दै एक-एक लाख रुपैयाँ जिते।
नेपाल आइडलको निर्णायक क्षण सधैंजस्तै दर्शकको भोटमार्फत तय गरिएको थियो। यसअघि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियारले नेपाल आइडलको उपाधि जितिसकेका छन्।






