झन्डै २ अर्ब वर्षभन्दा बढी समयअघि पृथ्वीको वायुमण्डलमा अक्सिजनको स्तर अचानक कसरी बढ्यो भन्ने रहस्यबारे वैज्ञानिकहरूले नयाँ सुराक फेला पारेका छन्। वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालयका अनुसार, प्राचीन महासागरहरूको गहिरो गतिशीलता र सल्फेट खनिजमा अक्सिजन आइसोटोपको संरचना अध्ययन गरेर यस्तो ऐतिहासिक परिवर्तन पत्ता लगाइएको हो। यो अनुसन्धानले पृथ्वीमा जीवन विकास र खनिज स्रोतहरू निर्माणको प्रक्रियाबारे पनि नयाँ दृष्टिकोण दिने विश्वास गरिएको छ।