नेपाल राष्ट्रिय अविभावक संघ, नागरजुन नगरपालिका, काठमाडौं — मिति २०८२ साल श्रावण ३१ गते, शनिबार, बिहान ११:०० बजेदेखि सीतापाइला मा. वि. स्कूलको हलमा प्रथम नगर अधिवेशन सञ्चालन भएको थियो।
यस कार्यक्रममा प्रमुख अतिथि नागरजुन नगरपालिकाका कार्यवाहक नगरप्रमुख सुशिला अधिकारी रहनुभएको थियो।
विशिष्ट अतिथिहरूको रुपमा नेपाल सरकारका पूर्व शिक्षा मन्त्री श्री राधाकृष्ण मैनाली, नेपाल सरकारका पूर्व कृषिमन्त्री श्री विक्रमबहादुर थापा, बागमती प्रदेशका पूर्व मन्त्री तथा सांसद माननीय केशवप्रसाद पोखरेल, बागमती प्रदेशका पूर्व मन्त्री तथा सांसद माननीय उद्धव थापा, नेपाल राष्ट्रिय अविभावक संघ केन्द्रीय समितिका अध्यक्ष श्री कोषबहादुर जि.सी. विशेष अतिथि कोषाध्यक्ष लगायत संघका विभिन्न विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।
थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला ।







