सितापाइला मावीमा २०८२ साल श्रावण १६ गते विज्ञान प्रदर्शनी तथा प्रविधि कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा नगरजुन नगरपालिकाका विभिन्न वडाका विद्यालयहरूका विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले नविन प्रतिभा प्रस्तुत गर्दै विविध विज्ञान तथा प्रविधिसम्बन्धी सामग्रीहरू प्रदर्शन गरेका थिए।

यस कार्यक्रमले विद्यार्थीहरूमा वैज्ञानिक सोच र सिर्जनशीलता अभिवृद्धि गर्न मद्दत पुगेको थियो भने भविष्यमा यस्ता कार्यक्रमले नवप्रतिभाहरूको पहिचान र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।