लिटिल बुद्धा (मोन्टेसरी) स्कूलबाट गारियामा विभिन्न रचनात्मक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गरिएको देखिन्छ। विद्यालयले बालबालिकाको शारीरिक र मानसिक विकासका Swimming Session सञ्चालन गर्नुका साथै असार १५ मा धान रोपाइँजस्ता सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो। जन्मदिन उत्सव र गुरुपूर्णिमा विशेष कार्यक्रममार्फत विद्यार्थीमा आत्मसम्मान, सामाजिक भावना र संस्कारप्रतिको समझदारी बढाइएको छ।

असार १५ गतेको धानरोपाइ दिवसमा देव अधिकारी सर — जसले देव सञ्चार मिडिया च्यानलमा प्रधान सम्पादकको रूपमा सेवा गर्दै आउनु भएको छ र लिटिल बुद्ध स्कूलका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ — उहाँको जन्मदिनको पावन अवसर परेको थियो। जुन विशेष अवसरमा सम्पूर्ण लिटिल बुद्ध परिवार मिलेर उहाँको जन्मदिन मनाइएको थियो। त्यस्तै गरी असार १५ गतेको अवसरमा विद्यार्थीहरू, शिक्षकहरू सबै मिलेर धान रोप्दै, माथि हिलो खेल्दै रमाइलोसँग यो दिन मनाइएको थियो।

यस्ता गतिविधिहरूले विद्यार्थीको व्यवहारिक सीप र सांस्कृतिक पहिचानमा योगदान पुर्‍याउँछन्।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।