कतारतर्फको हवाई यात्रा अचानक रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू असहज स्थितिमा परेका छन्। इरानद्वारा अमेरिकी सैन्य अड्डामा प्रहार गरिएको मिसाइल आक्रमणपछि सुरक्षा कारण देखाउँदै कतारले आफ्नो हवाई आकाश अस्थायी रूपमा बन्द गरेको हो। यस कारण हिजो राति काठमाडौँबाट दोहा उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गराउनु परेको छ। साथै, नेपाल एयरलाइन्सको दोहा उडान पनि प्रभावित भएको छ। निर्धारित समय राति ११ बजे उड्नुपर्ने नेपाल एयरलाइन्सको विमान अझै काठमाडौँमै रोकिएको छ, जसले गर्दा यात्रुहरू लामो प्रतिक्षा र अन्योलमा छन्।






