काठमाण्डौं – नेपाल आयल निगमले देशभर इन्धनको मूल्यमा आंशिक समायोजन गरेको छ। पछिल्लो समायोजनअनुसार, पेट्रोलको लिटर मूल्यमा एक रुपैयाँको वृद्धि गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्यमा लिटरको दुई रुपैयाँले वृद्धि गरिएको हो।

नयाँ मूल्य अनुसार चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा अब पेट्रोलको मूल्य प्रति लिटर १५७ रुपैयाँ ५० पैसा पुगेको छ। यिनै स्थानमा डिजेल र मट्टीतेलको मूल्य १४२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५९ रुपैयाँ र डिजेल–मट्टीतेलको मूल्य १४४ रुपैयाँ पुगेको छ। राजधानी काठमाण्डौं, पोखरा र दिपायलमा भने पेट्रोलको लिटर १६० रुपैयाँ र डिजेल–मट्टीतेल १४५ रुपैयाँ तोकिएको छ।