सामाजिक सुरक्षा कोष सम्बन्धी अन्तरक्रिया कार्यक्रम (२०८२/०२/३०) बिहान ११:३० बजेदेखि १:३० बजेसम्म सामाजिक सुरक्षा कोष कार्यालय, थापाथलीमा सम्पन्न भएको थियो। (AUDAN) Nepal Auditors Association को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक सुरक्षा कोषको योगदान प्रणाली, लाभ सुविधा तथा श्रमिक र रोजगारदाताको भूमिकाका सम्बन्धमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले सामाजिक सुरक्षा योजनाको प्रभावकारिता र कार्यान्वयन प्रक्रियामा देखिएका व्यवहारिक पक्षहरूबारे प्रश्नोत्तर तथा सुझाव आदानप्रदान गरेका थिए।






