आईपीएलको रोमाञ्चक एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले प्रभावशाली प्रदर्शन गर्दै गतविजेता गुजरात टाइटन्सलाई २० रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। अब मुम्बईले फाइनल प्रवेशका लागि पन्जाब किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ।

पञ्जाबको न्यू चण्डिगढ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२८ रनको विशाल योगफल खडा गर्‍यो। कप्तान रोहित शर्माको आक्रामक ८१ रन र ब्रेयस्ट्रोको योगदानले टोलीलाई मजबुत पारीतर्फ डो-र्‍यो।

जवाफमा गुजरात टाइटन्सले पनि संघर्ष गर्‍यो तर २०८ रनमै सीमित रह्यो। साई सुदर्शनले ८० रन बनाए तापनि जितको लागि पर्याप्त रहेन। मुम्बईका बलरहरूले सामूहिक प्रदर्शन गर्दै गुजरातको आक्रमणलाई रोक्न सफल भए।

अब मुम्बई र पन्जाब किङ्ग्सबीचको दोस्रो क्वालिफायर खेल भोलि हुनेछ। त्यस खेलको विजेताले उपाधिका लागि मङ्गलवार रॉयल च्यालेन्जर्स बेङ्गलुरुसँग भिड्नेछ।