युक्रेनका विभिन्न सहरहरूमा रूसले शनिबार बिहान गरेको समन्वित हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन्। युक्रेनी वायु सेनाका अनुसार, राजधानी कीएभसहितका क्षेत्रमा रूसले २५० ड्रोन र १४ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो।
यस हमलाबाट थुप्रै आवासीय भवनमा आगलागी भएको र धेरै संरचनामा क्षति पुगेको छ।
घटनापछि प्रतिक्रिया दिँदै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्स मा लेख्दै यस्ता निरन्तर आक्रमणहरूले संसारलाई युद्ध लम्बिनुमा रूसको भूमिका अझ प्रस्ट बनाएको टिप्पणी गरेका छन्।