इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लुरु र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ। दुवै टिमले एक–एक अंक बाँडेपछि कोलकाताको प्लेअफमा पुग्ने आशा सकिएको छ, जबकि बैंग्लुरु अंक तालिकामा शिखरमा उक्लिएको छ।

यसअघि भारत–पाकिस्तानबीचको सैन्य तनावका कारण आईपीएलको खेल एक साता रोकिएको थियो। रोकिएको लिग पुनः सुरु हुने तयारीबीच हिजो चिन्नास्वामी रङ्गशालामा वर्षा सुरु भयो, जुन रातभर झरिरह्यो। मैदान खेलका लागि उपयुक्त नदेखिएपछि खेल स्थगन गरिएको हो।

आज भने आईपीएलमा राजस्थान रोयल्सले पञ्जाब किङ्ग्ससँग र दिल्ली क्यापिटल्सले गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्ने कार्यक्रम छ।