तीन वर्ष लामो संघर्षपछि रुस र युक्रेनबीच टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ता सम्पन्न भएको छ। टर्कीको मध्यस्थतामा भएको छलफललाई दुवै पक्षले ‘सकारात्मक संकेत’ मानेका छन्। वार्तामा एक–एक हजार युद्धबन्दी रिहा गर्ने महत्वपूर्ण सहमति भएको युक्रेनी रक्षामन्त्री रुस्तम उमेरोभले बताएका छन्। रुसका वार्ता टोली प्रमुख भ्यादिमिर मेडिन्स्कीले पनि छलफलप्रति सन्तुष्टि जनाउँदै वार्ता प्रक्रिया निरन्तर रहने संकेत दिएका छन्। यद्यपि, प्रारम्भिक रुपमा राष्ट्रपतिहरू सहभागी हुने चर्चा भए पनि अन्ततः पुटिन र जेलेन्स्की अनुपस्थित रहे। सन् २०२२ को फेब्रुअरीमा सुरु भएको युद्धले हजारौंको ज्यान गइसकेको अवस्थामा, यो सहमति शान्तिप्रति आशाको संकेतका रूपमा हेरिएको छ।






