काठमाडौँ – युक्रेनसँगको युद्ध अन्त्यका लागि टर्किएमा आज सुरु हुन लागेको शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन्। बीबीसीले जनाएअनुसार वार्तामा सहभागी हुने रुसी प्रतिनिधिमण्डलमा पुटिनको नाम नरहेको पुष्टि भएको छ।

हाल टर्किएमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई सिधा वार्तामा आमन्त्रण गरे पनि रूसी पक्षले वार्ता टोलीको नेतृत्व राष्ट्रपति पुटिनका सल्लाहकार भ्लादिमिर मेडिन्स्कीले गर्ने जनाएको छ।

पछिल्लो पटक पुटिन र जेलेन्स्कीको भेट सन् २०१९ को डिसेम्बरमा भएको थियो। त्यसयता पहिलोपटक दुई राष्ट्रपतिलाई एउटै टेबलमा ल्याउने प्रयास असफल भएको छ।

जेलेन्स्कीले टर्किएमा आफ्ना समकक्षी राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि छलफल गर्ने कार्यक्रम तय गरेका छन्।