इंग्लिस प्रिमियर लिगको शनिबार रातिको खेलमा म्यानचेस्टर सिटीले पुछारको टोली साउथह्याम्पटनसँग ०–० को गोलरहित बराबरी खेलेपछि महत्वपूर्ण तीन अङ्क हात पार्न सकेन। च्याम्पियन्स लिगको स्थान सुरक्षित गर्न खोजिरहेको सिटीका लागि यो बराबरी निराशाजनक रह्यो।

यो नतिजासँगै सिटीले ३६ खेलबाट ६५ अङ्क बटुलेको छ र लिग तालिकाको तेस्रो स्थानमा यथावत् रहेको छ। साउथह्याम्पटन भने १२ अङ्कसहित तालिकाको अन्तिम स्थानमै छ, जसले उसलाई रेलिगेशनबाट जोगिन कठिन बनाइरहेको छ।

अन्य खेलमा एभर्टनले फुलहममाथि ३–१ को सानदार जित निकालेको छ भने ब्राइटनले उल्भ्सलाई २–० ले हरायो। ब्रेन्टफोर्डले इपस्विच टाउनलाई १–० तथा एस्टन भिल्लाले बर्नमाउथलाई समान अन्तरले पराजित गरे। लिभरपुलले भने केही समयअघि नै शीर्ष स्थान सुरक्षित गर्दै उपाधि जितिसकेको छ।