काठमाण्डौ – भोलिदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा अब आउँदो २१ गतेदेखि सुरु हुने भएको छ। शिक्षक आन्दोलनले परीक्षाको नियमित तालिका अवरुद्ध पारेपछि राष्ट्रिय परीक्षा बोर्डले १० दिन पछि सार्ने निर्णय लिएको हो। हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि बोर्डले नयाँ मिति तय गर्दै परीक्षा सार्ने निर्णयमा पुगेको हो। शिक्षण पेशासँग सम्बद्ध आन्दोलनले अझै गति लिइरहेका बेला, बोर्डले वैकल्पिक संयन्त्रको प्रयास गरे पनि स्थायित्व नआएपछि परीक्षा सार्नु परेको हो।






