चीनमा निजी व्यवसायहरूको संख्यामा तीव्र वृद्धि भएको छ। सन् २०२५ को मार्च अन्तसम्म देशभर दर्ता भएका निजी व्यवसायहरूको संख्या पाँच करोड ७० लाख नाघेको छ, जुन कुल व्यवसायको ९२.३ प्रतिशत हिस्सा हो।
यो वर्षको पहिलो त्रैमासिकमा मात्रै करिब २० लाख नयाँ निजी कम्पनीहरू सञ्चालनमा आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७.१ प्रतिशतले बढी हो। तीमध्ये करिब ४० प्रतिशत व्यवसाय प्रविधि, नवप्रवर्तन र नयाँ व्यापारिक मोडलहरूमा केन्द्रित छन्।
चीनको डिजिटल अर्थतन्त्र पनि उल्लेखनीय रुपमा अगाडि बढेको छ। जनवरीदेखि मार्चसम्म २ लाख ७४ हजार डिजिटल क्षेत्रमा आधारित निजी व्यवसायहरू दर्ता भएका छन्, जसले कुल नयाँ कम्पनीहरूमा १३.९ प्रतिशत हिस्सा ओगटेको छ।
सरकारले नीति सुधार, कानुनी स्पष्टता र संवादको माध्यमबाट निजी क्षेत्रलाई थप प्रवर्द्धन गरिरहेको छ, जसले नवप्रवर्तन, रोजगारी सिर्जना र समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।






