काठमाडौँ – नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका उम्मेदवार समीर रिजाल सभापतिमा विजयी भएका छन्।
उहाँले नेविसङ्घका प्रतिस्पर्धी मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै अध्यक्ष पदमा जित हासिल गर्नुभएको हो।
यसै निर्वाचनमा सचिव पदमा नेविसङ्घका मनमोहन भट्ट र कोषाध्यक्षमा विधिशा मिश्र निर्वाचित भएका छन्।
निर्वाचनमा जम्मा १,६५३ मत खसेका थिए, जसमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।






