चीनले हाइड्रोजन इन्धनमा आधारित अत्याधुनिक ड्रोन निर्माण गर्दै प्राविधिक क्षितिजमा नयाँ इतिहास रचेको छ। करिब ५० किलो तौल भएको यो स्मार्ट ड्रोनले लगातार ३० घण्टासम्म आकाशमा उडेर विश्वकै लामो उडान समयको कीर्तिमान कायम गरेको हो।

यो क्रान्तिकारी ड्रोन चिनियाँ हवाई उद्योग निगम (AVIC) अन्तर्गतको चेङ्दु एअरक्राफ्ट इन्डस्ट्री ग्रुप र प्रतिष्ठित छिङह्वा विश्वविद्यालयको संयुक्त अनुसन्धान प्रयासबाट विकास गरिएको हो।

विशेषगरी हाइड्रोजनको उच्च ऊर्जा क्षमता प्रयोग गर्दै, यो ड्रोनले वातावरणमैत्री प्रविधिको नयाँ सम्भावनाको ढोका खोलेको छ। ड्रोनलाई चालकविहीन गाडीको छतबाट उडाइएको थियो, जसले उडानका क्रममा जमिनबाट टाढा रहेर पनि निगरानी गर्ने क्षमतामा उत्कृष्टता देखाएको थियो।

चिनियाँ अधिकारीहरूका अनुसार, यस्तो प्रविधिले भविष्यमा आपतकालीन सेवा, सीमाना निगरानी, र वातावरणीय अनुगमनजस्ता क्षेत्रमा ठूलो योगदान पुर्‍याउनेछ।