अमेरिकाको न्यूयोर्क शहरको आकाशमा आइतबार बेलुकी एक भयावह दृश्य देखियो — जब एक हेलिकप्टर अनियन्त्रित हुँदै उल्टो परेर सीधै हडसन नदीमा खस्यो। उक्त दुर्घटनामा हेलिकप्टरमा सवार पाँच जना स्पेनी पर्यटक र एक जना पाइलटको ज्यान गएको छ। बीबीसीका अनुसार, मृतकमध्ये तीन जना नाबालक थिए।

स्थानीय अधिकारीहरूले मृतक सबैको नाम र पहिचान उनीहरूका परिवारजनसँग सम्पर्क भएपछि मात्रै सार्वजनिक गर्ने बताएका छन्।

दुर्घटनाको कारण हाल अनुसन्धान भइरहेको छ। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोहरूमा हेलिकप्टर आकस्मिक रूपमा नियन्त्रण गुमाउँदै नदीमा खसिरहेको दृश्य देखिन्छ। न्यूयोर्कको यो शोकपूर्ण घटना सहरको पर्यटक इतिहासमा एक दुखद दिनको रूपमा याद गरिनेछ।