काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल पहिलो लेगमा बार्सिलोना र पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले प्रभावशाली जित हात पारेका छन्।

गएराति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै आफ्नो दबदबा जमायो। त्यस्तै, अर्को प्रतिस्पर्धात्मक खेलमा पीएसजीले एस्टन भिलामाथि ३–१ को सहज जित निकालेको छ।

यसअघि भएका क्वाटरफाइनल खेलहरूमा आर्सनलले रियल म्याड्रिडलाई पराजित गरेको थियो भने इन्टर मिलानले बायर्न म्युनिखलाई हराउँदै सेमिफाइनलको ढोका नजिक पसेको छ।