काठमाडौं । होटल संघ नेपालले माघ २ गते बुधबार काठमाडौंमा नेपाल सत्कार दिवस २०२५ (ल्भउब िज्यकउष्तबष्तिथ म्बथ २०२५) को आयोजना गर्न लागेको जनाएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै संघले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्ने जनाएको हो।
होटल क्षेत्रले वर्षैभरी भोगेका अवस्थाहरु र विकासका सम्भावना, चुनौतीहरु तथा आगामी दिनमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेका विषयहरु सत्कार दिवसमा प्रस्तुति रहनेछन् । यस पालिको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको ल्भउब िज्यतभ िथ्भबचदययप २०२५ को विमोचन हुने कार्यक्रम रहेको छ।






