धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार घटेर बन्द भएको छ । नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्से घटेसँगै होटेल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो समूहमा पर्ने ६ वटैै कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा समग्र परिसूचक ४.४९ प्रतिशतले घटेको छ ।

आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । आज ३ सय ३० कम्पनीका ६ करोड ५४ लाख कित्ता शेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाखको कारोबार भएको छ ।

यो समूहअन्तर्गत चन्द्रागिरि हिल्स, सिटी होटेल, कालिञ्चोक दर्शन, ओरेन्टियल होटेल, सोल्टी होटेल र तारागाउँ रेजेन्सी होटल पर्छन् । यी सबै कम्पीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।