नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो ८ वर्षमा उल्लेखनीय वित्तीय सफलता हासिल गरेको बताएका छन्।

यो अवधिमा करिब ८२ अर्ब रूपैयाँ नाफा कमाएको उनले बताए। आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरण ३५ अर्ब सञ्चित घाटामा रहेकोमा अहिले ४७ अर्ब सञ्चित नाफामा रहेको उनले दाबी गरे।

‘कतिले कागजी नाफा भन्ने गरेको सुनिन्छ, यो त्यतिकै भएको होइन पछिलो ८ वर्षमा घाटा पूर्ति गेरर ४७ अर्ब नाफामा जाँदा ८२ अर्ब नाफा गरेको छ,’ उनले भने।

आठ वर्षको अवधिमा विद्युतको प्रयोग उल्लेख्य बढेको उनले बताए।

प्रतिव्यक्ति विद्युत खपत १३१ युनिटबाट ४०० युनिट पुगेको, विद्युतको खपत बढेको कारण पेट्रोलको घटेको र विद्यतीय गाडी बढ्न थालेको उनले बताए।

उनले प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब रूपैयाँ घाटा बेहोरेकोमा त्यपछिका दिनमा कहिले घटामा जानु नपरेको बताए।

एक अर्बबाट नाफा आर्जन गर्न सुरू गरेकोमा गत वर्ष १३ अर्ब नाफा कमाएको उनले बताए।